काठमाडौं, जेठ १५ । सरकारले निजामती कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक बर्ष २०७९÷०८० को बजेटमार्फत सरकारले १५ प्रतिशतले तलव बृद्धि गरेको हो ।
सरकारले कर्मचारीहरुले खाइपाइ आएको भत्तालाई पनि निरन्तरता दिएको छ । बढेको तलबमान साउन १ गतेबाट लागू हुनेछ । संसदको बैठकमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलबवृद्धिको घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्