जनता टाइम्स

१७ जेष्ठ २०७९, मंगलवार १४:०६

नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा


काठमाडौं, १७ जेठ । अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा हुनुभएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उहाँ रिहा हुनुभएको हो । आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी–४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।

अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो ।

प्रजिअ रिजालको आदेशपछि उहाँ रिहा हुनुभएको हो । मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि ब्याड टच गरेको आरोप लगाएकी थिइन् । उनको मौखिक उजुरीपछि प्रहरीले लामालाई नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि लामाको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।