जनता टाइम्स

१७ जेष्ठ २०७९, मंगलवार १७:१६

यसकारण राष्ट्रपति भण्डारी कर्णालीको सुर्खेतमा


सुर्खेत, १७ जेठ । बाजुराको बडिमालिका मन्दिरमा दर्शन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारीको भोली बाजुराको बडिमालिकामा दर्शन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले बताउनुभयो ।

भण्डारीले बडिमालिकाको दर्शन गरेर भोली नै काठमाडौं फर्किने कार्यक्रम छ । उहाँका अनुसार भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्नुहुनेछ ।