काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै मेयरका प्रत्याशी बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निवासमा पुगेर भेट्नुभएको थियो । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेको थियो ।
मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो । बालेनकै प्रस्तावमा यो भेटघाट भएको हो । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक हुनुहुन्छ तर, तारतम्य मिलेको थिएन । बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्