जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार ०८:१६

हवाईजहाज दुर्घटनापछि चर्चामा आउने ‘ब्ल्याक बक्स’ के हो ?


काठमाडौं, १८ जेठ । हरेक पटक विमान दुर्घटना हुँदा चर्चामा आउने ब्ल्याक बक्सको नाम धेरैले सुनेको हुन्छ । तर, अधिकांशलाई यसबारे थाहा हुँदैन । विमान दुर्घटनापछि सँधै ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्याङ्कले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो रु नामअनुसार यो किन कालो हुँदैन् रु प्रस्तुत छ ब्ल्याक बक्सबारे केही

आधिकारिक रूपमा यो ब्ल्याक बक्स होइन

हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर ९एफडीए० हो । यसले वास्तवमै तथ्याङ्कको रेकर्ड राख्छ । दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इञ्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्याङ्कको यसले रेकर्ड राख्छ । यसलाई ब्ल्याक बक्सभन्दा रेकर्डर भन्नु बढी उपर्युक्त हुन्छ । पहिला यो एउटा बक्सको आकारमा हुने भए पनि अहिले यसको आकार हल्का सिलिण्डर जस्तो हुन्छ ।

सामान्यतयाः दुई वटा बक्स हुन्छन्

फ्लाइट डाटा रेकर्डरको नजिकै ककपिट भोइस रेकर्डर ९सीभीआर० हुन्छ । ककपिट भ्वाइस रेकर्डर एउटा उडान रेकर्डर हो, जुन ककपिटको अडियो वातावरण रेकर्ड गर्न प्रयोग गरिन्छ । उदाहरणको लागि विमान दुर्घटनापछिको अनुसन्धानमा एयर ट्राफिक कन्ट्रोलसँग भएका सञ्चारलाई आधार मानिन्छ । कहिलेकाँही एफडीआर र सीभीआरलाई जोडेर एउटा बक्स बनाइन्छ । सीभीआरले ककपिटको दुई घण्टासम्मको आवाज रेकर्ड गर्छ ।

वास्तवमा यो कालो नभएर सुन्तला रंगको हुन्छ

ब्ल्याक बक्स आगो प्रतिरोधी सामग्रीबाट बनेको हुन्छ जुन उज्यालो सुन्तला रंगको हुन्छ । यसलाई अरेञ्ज बक्स नभनी किन ब्ल्याक बक्स भनियो भन्ने बारेमा केही प्रष्ट छैन् । दुर्घटनापछि यो प्रायः कालो हुन्छ । यो हल्का गुलाफी र रातो रंगको पनि हुन्छ । अष्ट्रेलियाका वैज्ञानिक डेभिड वारेनले सन् १९५७ मा ब्ल्याक बक्सको आविष्कार गरेका थिए ।

यसलाई ककपिटमा राखिँदैन

तथ्याङ्क र आवाज ककपिटबाटै रेकर्ड गरिने भए पनि ब्ल्याक बक्सलाई ककपिटभित्र भने राखिँदैन । सामान्यतयाः तिनीहरू विमानको अगाडि वा पछाडि हुन्छ, जहाँ विमानको संरचनाले दुर्घटनाको अवस्थामा सबैभन्दा राम्रो सुरक्षा गर्दछ ।

ब्ल्याक बक्स टाइटेनियम धातुबाट बनेको हुन्छ । यसले बिना बिजुली ३० दिनसम्म काम गर्न सक्छ । यसले ११ हजार डिग्री सेल्सियसको तापक्रम सहन सक्छ । पानीभित्र डुब्दा पनि यसमा खासै असर पर्दैन । ब्ल्याक बक्समा रेकर्ड भएको आवाजलाई अनुसन्धानकर्ताहरूले टाढाबाट पनि पहिचान गर्न सक्छन् । ब्ल्याक बक्सले विमान दुर्घटनाको स्पष्ट तस्बिर प्रतिबिम्बित गर्दैन तर विमान दुर्घटनाको अनुसन्धानमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।