काठमाडौं, जेठ १८ । स्थानीय तहको निर्वाचन सकिए लगतै नेकपा एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठक बसेर बिभिन्न बिषयमा निर्णय लिएको छ ।
पार्टी कार्यालय धुम्बाराईमा मंगलबार बसेको बैठकले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २० देखि २६ सम्म आवासीय प्रशिक्षण संचालन गर्ने, स्थानीय तहको निर्वाचन समिक्षा गर्न १३८ वडामा जिल्ला सदस्यहरुलाई पठाउने, पार्टी जिल्ला कार्यालयको लागि काठमाडौमा १० आना क्षेत्रफलमा निर्माण भएको घर जग्गा खरिद प्रकृया अगाडि बडाउने निर्णय गरेको छ ।
छलफलमा ईन्चार्ज कृष्णगोपाल श्रेष्ठ, सह ईन्चार्ज रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, प्रदेश उप सचिब रत्ना गुरुड लगायतको सहभागिता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्