सुर्खेत, जेठ १८ । सुर्खेतको चौकुने गाउँपालिकाको कार्यपालिका चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । कार्यपालिकाको चुनावका लागि दुई खुल्ला सदस्य र चार निर्वाचित महिला सदस्यहरू गरी छ पदका लागि चुनाव हुँदा एमाले र माओवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन ।
दुई बामपन्थी दलबीचको गठबन्धनबाट खुल्ला सदस्यमा शंकर कामी (नेकपा एमाले) र नेकपा माओवादी केन्द्रबाट उजिरे ढोलीले विजयी हुनुभएको छ । यस्तै महिला सदस्यमा एमालेबाट कमला बिक तथा माओवादी केन्द्रले भने अम्बि बिक, पदमा बिक र हजुरा विष्ट विजयी हुनुभएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भने कांग्रेस र माओवादीबीच गठबन्धन बनेको थियो ।
चौकुने गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रबाट खड्क बिक र उपाध्यक्ष पदमा कांग्रेसका नरबहादुर बन्तोला गठबन्धनबाट निर्वाचित हुनुभएको हो । १० वटा वडा रहेको चौकुने गाउँपालिकामा चार वडा नेकपा एमाले, चार वडा नेपाली कांग्रेस र दुई वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।













प्रतिक्रिया दिनुहोस्