काठमाडौं, २० जेठ । ससदमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गर्नुभएको हो ।
सो विधेयक पेस गर्ने क्रममा मन्त्री शर्माले यौन हिंसाका पीडकलाई मृत्युदण्ड दिने व्यवस्थाको माग भए पनि यो संविधानविपरीत हुने भएकाले मृत्युदण्डको कानुन बनाउन नसकिने बताउनुभयो । यसअघि आजै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्