काठमाडौं, जेठ २० । भारतका चर्चित गायक एवं राजनीतिज्ञ सिध्दु मुसेवालाको हत्यारा नेपालमा रहेको भन्दै भारतीय बिशेष टोली नेपाल आएको छ भारतीय पत्रिका इण्डिया टुडेले जनाएअनुसार मुसेवालाको हत्या गरेर अपराधिहरु नेपालमा लुकेर बसेको सूचनाका आधारमा दिल्ली प्रहरी नेपाल आएको हो ।
सो पत्रिकाले मुसेवालाको हत्यारा नेपालमा रहेको दावी गरेको छ । समाचारअनुसार मुसेवालाको हत्याराको खोजी गर्न दिल्ली प्रहरीको एउटा टोली शुक्रबार नेपाल आइपुगेको छ । इन्टेलिजेन्स विशेषज्ञसहितको टोली नेपाल आइपुगेको स्रोतलाई उद्धृत गर्दै सो पत्रिकाले जनाएको छ । पंजाब प्रहरीले मुसेवालाको हत्या लगत्तै दुई जना अभियुक्तलाई पक्राउ गरेको थियो । हत्याराले प्रयोग गरेको बोलेरो गाडीमा दुबै जनाको संलग्नता रहेको पंजाब प्रहरीको दाबी छ ।
गत मंगलबार दुई जना बन्दुकधारीले गायक एवं राजनीतिज्ञ मुसेवालको उहाँकै गाउँ नजिक हत्या गरेको थियो । हतियारधारीले ३० राउन्ड गोली प्रहार गरेको प्रहरीको दाबी छ । जसमा २५ वटा गोली लागेर मुसेवालाको शरीर छतविछत बनाइएको थियो । अधिकांश गोली छाती र पेटमा लागेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्