जनता टाइम्स

२० जेष्ठ २०७९, शुक्रबार २०:०५

पल शाहको रिहाइको माग गर्दै आन्दोलन सुरु


काठमाडौं, २० जेठ । जबरजस्ती करणी आरोपमा थुनामा रहेका नायक पल शाहको रिहाइको माग गर्दै आन्दोलन सुरु भएको छ। ‘हाम्रो टिम नेपाल’ ले माइतीघरमा विरोध प्रदर्शन गरेको हो।आन्दोलनमा सहभागी युवायुवतीहरूले पुरुषमाथिको हिंसाको अन्त्य गर्न माग गरेका छन्। पल शाहलाई न्याय दिनुपर्ने, पुरुष अधिकार सुनिश्चित गर्नुपर्ने, पुरुष हिंसा अन्त्य गर्नुपर्ने जस्ता नारा लेखेका प्लेकार्ड बोकेर आन्दोलन गरेका छन्।