जनता टाइम्स

२१ जेष्ठ २०७९, शनिबार ०७:२९

प्रदेशका शिक्षामन्त्रीले १२ को परीक्षा दिँदै


काठमाडौं, २१ जेठ । लुम्बिन प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले अहिले कक्षा १२ को परीक्षा दिँदै हुनुहुन्छ । उहाँले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ । मन्त्री खान मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना हुनुभएको थियो। शिक्षा संकायमा भर्ना हुनुभएका उहाँले अहिले परीक्षा दिँदै हुनुहुन्छ । उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ ।

मन्त्री खानले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि जानुभएको छैन । खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी भएपनि त्यसपछि नआएको बताउनुभयो । ‘पहिलो दिन आएर परीक्षा दिनुभएको हो, त्यसपछि के पर्यो खै आउनुभएको छैन, केही समस्या परेर होकी जानकारी भएन’–शुक्लाले भन्नुभयो । खान नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ४९२०बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुनुहुन्छ ।