जनता टाइम्स

२१ जेष्ठ २०७९, शनिबार १२:५५

प्रचण्ड भेट्न खुमलटारमा पुगे बालेन शाह


काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुग्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन आज बिहान खुमलटार पुग्नुभएको हो ।

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसक्नुभएको छ ।