जनता टाइम्स

२२ जेष्ठ २०७९, आईतवार १५:३२

माधव नेपालले लगाए काँग्रेसलाई दोष – कांग्रेसकै कारण पराजय भोग्नुपर्‍यो


काठमाडौं, २२ जेठ । । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको आरोप लगाउनुभएको छ । आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरी भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताउनुभएको हो ।

‘समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुन्थ्यो । तर, यो कुरा उसले बुझ्न जरुरी थियो । माओवादीभित्र पनि यस्तै स्थिति भो’, नेपालले भन्नुभयो ।