जनता टाइम्स

२२ जेष्ठ २०७९, आईतवार १६:१९

एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, पर्यटनमा श्रेष्ठ, शहरी विकासमा चौधरी


काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ ।पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको जानकारी दिनुभयो । उहाकाँ अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री , जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।