जनता टाइम्स

२३ जेष्ठ २०७९, सोमबार १४:३१

फर्पिङको जंगलमा दुई युवायुवतीको शव


काठमाडौं, २३ जेठ । युवायुवतीको शव काठमाडौंको फर्पिङस्थित जंगलमा भेटिएको छ । उक्त घटनाबारे केही समयअघि मात्रै जानकारी आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘२०/२२ वर्षका युवायुवती मृत अवस्थामा भेटिएका छन् भन्ने खबर आएको छ ।’ घटनास्थलमा एउटा बट्टा पनि भेटिएकाले विष सेवन गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । चेकप्वाइन्टबाट एक किलोमिटर माथि ताखेल जाने बाटोको जंगलमा भेटिएको शवको थप अनुसन्धान भइरहेको बताइएको छ ।