काठमाडौं, २३ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेर गर्ने अधिकार नेकपा एस बाहेक कसैलाई नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो,‘नेकपा एसलाई बाहेक यो धर्तीका कुनै पनि शक्तिसँग मन्त्री हेरफेर गर्ने कुरा छैन ।’ पार्टीको निर्णय गठबन्धनमा उल्ट्याइएपछि यस कुराको निचोड अरु कसैलाई नभएको भन्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले कसलाई मन्त्री बनाउने र हटाउने भन्ने निर्णय नेकपा एसको सार्वभौम अधिकार रहेको भन्दै अरूले चासो दिन नपाउने बताउनुभयो ।
खनालले भन्नुभयो,‘कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्ने निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ । धर्तीका अरू कुनै तागतले सक्दैनन् । हाम्रो पार्टीमा लाखौ सदस्यहरू छन्, उनीहरूको निर्णय पार्टीका कमिटीहरूले गर्छन्, अरूले होइन ।’ खनालले सरकार बनाउने बेला नै ६ महिनामा मन्त्री फिर्ता हुने सहमति भएको भन्दै दायाँबायाँ नहुने दावी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्