जनता टाइम्स

२३ जेष्ठ २०७९, सोमबार १९:१५

आफ्नै निणर्यबाट पछि हट्यो सरकार : आइतबारको बिदा खारेज, असार १ गतेदेखि लागू हुने


काठमाडौं, जेठ २३ । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।