जनता टाइम्स

२४ जेष्ठ २०७९, मंगलवार ०८:२५

मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध, कांग्रेसले उम्मेदवारी नै दिएन


मुस्ताङ, जेठ २४ । जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत भएका हुन् । ५ पालिका रहेको मुस्ताङमा एमालेको ७ भोट र कांग्रेसको ३ भोट छ ।

एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुंगो लगाएको थियो । योसँगै मुस्ताङ जिससको प्रमुखमा पुनः महिला नै दोहोरिने पक्का भएको छ । एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङ र उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ ।

सदस्यहरुमा उमेश विक, शान्ता कुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेद्वार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार हुनुहुन्छ ।