काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्