जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार ०८:०७

एमालेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने


काठमाडौं, २५ जेठ ।  नेकपा एमालेले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।यही असार २ र ३ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण दिन लागिएको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई असार २ गते नै काठमाडौं आइसक्न पनि एमालेले आग्रह गरेको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले प्रशिक्षण दिने तयारी छ।