जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार १३:५९

हामीलाई र्यालसिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन : योगेश भट्टराई


काठमाडौं, २५ जेठ । एमाले सचिव योगेश भट्टराईले र्यालसिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री नचाहिएको बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । त्यस्तै उहाँले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने बताउनुभयो । ‘संविधानमा अब केही संशोधन गर्नुपर्ने छ। ६५ अथवा ५८ वर्षमा अवकाशका प्रणाली राखेको छौँ,’ उहाँले भन्नुभयो, ‘तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । अब ७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ? हामीलाई र्यालसिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन ।’