जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार १४:२९

अखिलले भन्यो : त्रिभुवन विश्वविद्यालयमा भईरहेको अपराधिक गतिविधि बन्द गर


काठमाडौं, जेठ २५ । एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले त्रिभुवन विश्वविद्यालयमा सरकारकै संरक्षणमा अपराधिक गतिविधि भइरहेको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न चेतावनी दिएको छ । अनेरास्वबियुकी अध्यक्ष सुनिता बरालले एक अपिल मार्फत यस्तो आग्रह गर्नुभएको हो ।

‘गृहमन्त्री बालकृष्ण खाँडको प्रत्यक्ष संरक्षण, आफुलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द छ । हामी यस्ता अपराधी कुकर्ममा सङ्लघनहरुलाई राजनीतिक संरक्षण नदिन ने।वि।संघ र प्राध्यापक सङठनहरुलाई पनि आग्रह गर्न चाहान्छौ । यसको उद्देश्य वर्तमान पदाधिकारीलाई हटाउने र जथाभावी कलेजको सम्बन्धन बाडेर करौडौ पैसा असुल गर्ने काममा उद्दोलित छ । त्यहि पैसाबाट धरौटी वापतको रकम मिलाउने अनि आफु अनुकूलका अप्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयलको बागडोर जिम्मा लगाउने नै हो । दर्जनौं विश्वविद्यालयहरुको नेतृत्व गरिरहेका कुलपति तथा प्रधानमन्त्री देशकै ठुलो विश्वविद्यालय विगत पाँच महिनादेखी तालाबन्दी हुँदा पनि आँखामा पट्टि र कानमा तेल हालेर बसिरहनुले यस सरकार एकातर्फ त्रिविलाई सेन्टर फर एक्सलेन्स बनाउने भनेर घोषणा गर्दछ भने अर्कोतर्फ विश्वविद्यालयलाई बन्धक बनाउन आफै क्रियाशील छ, यसले सरकारको द्वैध चरित्र पुष्टि गर्दछ,’ बरालले भन्नुभएको छ ।

बिज्ञप्तीको पूर्णपाठ

त्रिभुवन विश्वविद्यालयमा भईरहेको अपराधिक गतिविधि बन्द गर ।
विगत पाँच महिनादेखि बन्द रहेको विश्वविद्यालय सुचारु गर ।
प्रिय विद्यार्थी मित्रहरु,
हामीले दुःखका साथ भन्नु पर्छ कि विगत पाँच महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी छ । हाम्रो अपेक्षा थियो सरकार, विश्वविद्यालय प्रति संवेदनशील हुनेछ र ताला खोलेर विश्वविद्यालयको कामलाई सुचारु गराउनेछ । विडम्बना, विश्वविद्यालयमा तालाबन्दी गरिरहेको एक गैर–राजनीतिक गिरोह जसले त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउने माथि ज्यान मार्ने उद्देश्यले गरेको आक्रमण पछि अदालतबाट माग गरेको धरौटी रकम विश्वविद्यालयबाटै असुल गर्ने अभिप्रायले गरेको तालाबन्दीलाई वैधानिकता दिने काम मात्र गरेन राज्यको प्रहरी प्रशासनको उपस्थितिमा ताला लगाउने र ताला लगाउनेलाई पूर्ण सुरक्षा सहित संरक्षण गर्ने काम पनि गर्यो । यसका नजिर र पुष्टिहरु तपाई हाम्रो अगाडि नै छर्लङ्ग छन् ।

वर्तमान गृहमन्त्री बालकृष्ण खाँडको प्रत्यक्ष संरक्षण, आफुलाई ने.वि.संघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द छ । हामी यस्ता अपराधी कुकर्ममा सङ्लघनहरुलाई राजनीतिक संरक्षण नदिन ने.वि.संघ र प्राध्यापक सङठनहरुलाई पनि आग्रह गर्न चाहान्छौ । यसको उद्देश्य वर्तमान पदाधिकारीलाई हटाउने र जथाभावी कलेजको सम्बन्धन बाडेर करौडौ पैसा असुल गर्ने काममा उद्दोलित छ । त्यहि पैसाबाट धरौटी वापतको रकम मिलाउने अनि आफु अनुकूलका अप्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयलको बागडोर जिम्मा लगाउने नै हो । दर्जनौं विश्वविद्यालयहरुको नेतृत्व गरिरहेका कुलपति तथा प्रधानमन्त्री देशकै ठुलो विश्वविद्यालय विगत पाँच महिनादेखी तालाबन्दी हुँदा पनि आँखामा पट्टि र कानमा तेल हालेर बसिरहनुले यस सरकार एकातर्फ त्रि.वि.लाई Center for excellence बनाउने भनेर घोषणा गर्दछ भने अर्काेतर्फ विश्वविद्यालयलाई बन्धक बनाउन आफै क्रियाशील छ, यसले सरकारको द्वैध चरित्र पुष्टि गर्दछ ।

दुखद पक्ष, यस्तो संवेदनशील विषयमा प्रेस जगत मौन छ, प्राध्यापक वर्ग डर त्रासमा छन, र विद्यार्थीहरु चिन्तित छन । देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको ३ दिन भित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्नेछ, त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न हामी तयार छौ । उत्पन्न परिस्थितिको सम्पुर्ण जिम्मावार स्वयं सरकार र सम्बन्धित पक्ष हुने चेतावनी दिन चाहान्छौ । सबै पक्षको रचनात्मक सहयोगको अपेक्षा गर्दछौ ।
हार्दिक अभिवादन सहित !
सुनिता बराल
अध्यक्ष