जनता टाइम्स

३१ असार २०७६, मंगलवार १६:५४

नेपालबाट भारततर्फ विद्युत निर्यात गर्न शुरु


काठमाडौं, असार ३१

सधै भारतबाट विद्युत आयात गर्ने नेपालले सोमबारबाट भारततर्फ निर्यात गर्न शुरु गरेको छ । अविरल वर्षाका कारण कुलेखानीको ड्याम भरिएपछि पूर्ण संचालनमा रहेका कारण नेपालको विद्युत भारत निर्यात गर्न शुरु भएको हो ।

ऊर्जा तथा जलस्रोत मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुनले नेपालको विद्युत भारतमा निर्यात भएको जानकारी दिनुभयो । नेपालबाट भारततर्फ सोमबार १ सय ५० मेगावाट विद्युत निर्यात भएको र मंगलबार २ सय मेगावाट विद्युत् निर्यात गरिएको बताउनु भयो । कुशैया–बटैया प्रसारण लाइनबाट १ सय १० मेगावाट र बाँकी विद्युत रक्सौल(परवानीपुर प्रसारण लाइनबाट निर्यात भएको जानकारी दिइएको छ ।