जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार १७:४३

जुम्लाका पत्रकारलाई आधारभूत तालिम


जुम्ला, २५ जेठ । जुम्लाका पत्रकारका लागि १५ दिने तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ जुम्ला शाखाको समन्वयमा र वर्षा मल्टी प्रपोज मिडियाको आयोजनामा जुम्लाका क्रियाशील पत्रकारलाई रेडियो पत्रकारिता, उद्घोषण तथा आधारभूत पत्रकारिता सम्बन्धित तालिम आज सुरु भएको हो ।

बेरोजगार युवा युवतीको लागि सिपविकास कार्यक्रमअन्तरग सामाजिक विकास कार्यालयले जुम्लाले पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो । त्यस्तै पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिहं कठायतले पत्रकारिताको मर्यादित बनाउनका लागि नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम आवश्यकता अनुसार पटक–पटक गर्नु पर्ने बताउनुभयो ।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पत्रकारले एक पक्षीय समाचार लेख्न नहुने बताउनुभयो । त्यस्तै तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले पत्रकारिता समस्या उजार गर्ने पहिलो माध्यम भएको बताउनुभयो । उहाँले पत्रकारले प्रत्येक बस्तीमा पुगेर आवाज विहीनको सारथि बन्नु पर्नेमा जोड दिनुभयो ।