काठमाडौं, जेठ २५ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) विश्वराज पोखरेलको बिदा अस्वीकृत गर्नुभएको छ । आफू आइजीपी भएपछि एक महिने बिदा बस्नुभएका एआइजी पोखरेलले बिदा सकिएपछि आज पुनः १० दिन बिदाका लागि निवेदन दिनुभएको थियो । तर आइजीपी सिंहले बिदा अस्वीकृत गर्नुभएको छ ।
एआईजी थापाले आफ्ना सहयोगीमार्फत मङ्गलवार १० दिनको बिदाका लागि प्रहरी प्रधान कार्यालयलाई निवेदन पठाउनु भएको थियो । पोखरेल वैशाख १९ गतेदेखि बिदा बसिरहनु भएको छ । सरकारले धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भोलिपल्ट पोखरेलले जेठ २५ गतेसम्मका लागि बिदाको निवेदन दिनुभएको थियो ।
बिदा अस्वीकृत भएसँगै एआइजी पोखरेललाई समस्या परेको छ । प्रहरी नियमावलीमा लगातार ४५ दिनसम्म गयल भए जागिरबाटै बर्खास्त गर्न सकिने सम्मको प्रावधान रहेको छ । बिदा स्वीकृति नलिई गयल हुने प्रहरी कर्मचारीलाई विभागिय कारबाही हुन सक्ने ब्यवस्था पनि नियमावलीमा छ ।













प्रतिक्रिया दिनुहोस्