जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार २१:५९

नेकपा मसाल बाग्लुङका नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश


बागलुङ, जेठ २५ । नेकपा मसाल बाग्लुङका नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य सञ्जाल आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । करिब २ दशक लामो नेकपा मसाल निकटका विभिन्न मोर्चामा रहेर काम गरिरहेका शर्मा एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई एमालेको युवा तथा खेलकुद विभागको सदस्यको जिम्मा दिइएको छ ।विभागको केन्द्रीय बैठक चलिरहँदा एमाले महासचिव पोखरेलले शर्मासहित १९ जनालाई शपथ ग्रहण गराउनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले नेकपा एमाले कम्युनिस्ट विचारधारा राख्नेहरूको केन्द्र बताउनुभयो । उहाँले एमाले नै भविष्यमा युवा परिचालन गर्दै राष्ट्र निर्माणतर्फ अगाडी बढ्ने बताउनुभयो ।