काठमाडौं, २७ जेठ । अहिले सामाजिक संजालमा एउटा पाठ्यपुस्तक निकै चर्चामा छ । यो पुस्तक एलकेजीको विद्यार्थीका लागि अभ्यास नेपाल एजुकेशन फाउन्डेशन प्रा. लि. ले तयार गरेको हो । रमेश भुषाल परिकल्पनाकार रहेको पुस्तकका लेखक अर्चना भण्डारी, बिना शर्मा र लिना श्रेष्ठ छन् ।
यो २०७४ मा पहिलो पटक प्रकाशित भई हरेक वर्ष देशका धेरै विद्यालयहरुमा पुग्ने गर्छ । भुषालले विगत ५ वर्ष देखि पुस्तक प्रकाशित हुँदै आएको र अहिले किन विवाद झिकेको भन्नुभएको छ । पुस्तक प्रकाशित भएर वितरण समेत भइसकेकाले यस वर्ष यसलाई हटाउन नसकिएको जवाफ दिनुभएको छ । भुषाल स्वयं इशाई धर्मालम्बी भएको बुझिएको छ । उाँहले योजनावद्ध तरिकाले ई अक्षरको परिचय गर्दा ईशा उल्लेख गरेको खुलेको छ ।
साना बालबालिकाका लागि तयार गरिएको पुस्तकमा ई अक्षरको परिचय ईशा लेखिएको भन्दै संसद देखि सडकसम्म प्रश्न उठिसकेको छ । संसदमा नेकपा एमालेका सांसद डा. भीम रावलले यसबारे प्रश्न उठाइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्