जनता टाइम्स

२७ जेष्ठ २०७९, शुक्रबार १५:३३

महेश बस्नेतले राखे जनताले केपी ओली नेतृत्वको सरकारलाई ‘मिस’ गरिरहेको यो तथ्य


काठमाडौँ, जेठ २७ नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीयगठबन्धनको सरकारले जनतालाई भोकै मर्ने अवस्था बनाएको आरोप लगाउनुभएको

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी जनताको ढाडसेकेको भन्दै आक्रोस जनाउनुभयो

मुलुकमा आर्थिक संकट भइरहेको समयमा जनतालाई राहत दिनुपर्ने सरकारले पेट्रोलियम पदार्थतथा खाद्य सामाग्रीको चरम मूल्यवृद्धि गरी जनतालाई विहान बेलुका छाक टार्न समेत कठिन हुने अवस्था बनाएको उल्लेख गर्दै उहाँलेनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई अहिले जनताले मिस गरिरहेको उल्लेख गर्नुभयो आजदेखि नै लागुहुने गरी पेट्रोलमा रुपैंया तथा डिजेल मट्टीतेलमा १२१२ रुपैंयाका दरले बढाएर जनताको ढाड सेकेको भन्दै उहाँले आक्रोसजनाउनुभयो

उहाँले भन्नुभयो, ‘जनताहरु फेरि पनि एमालेको सरकारलाई मिस गरिरहेका छन्, केपी ओलीलाई मिस गरिरहेका छन् व्यवसायीलेव्यवसाय तालाबन्दली गर्नुपर्ने जनता भोकै मर्नुपर्ने अवस्था बनाएकोमा प्रधानमन्त्री आपूर्तिमन्त्री ज्यूलाई हार्दिक बधाई

अब महंगी अझ बढ्ने उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षमा पनि पुँजीगत खर्च नहुने दावी गर्नुभयो निर्माण क्षेत्रमा मात्रै २५ प्रतिशतबढ्ने उल्लेख गर्दै उहाँले वर्तमान सरकारले मुलुकको नेतृत्व गरेसँगै जनताको पक्षमा गर्नुपर्ने निजी क्षेत्रका कामहरु अलपत्र परेकोबताउनुभयो गत आर्थिक वर्षमा एमालेले चालु गरेका आयोजनाहरु वर्तमान सरकारले सवै अलपत्र परेको उल्लेख गर्दै उहाँले निर्माणव्यवसायीले भुक्तानी भुक्तानी समेत नपाएको जानकारी गराउनुभयो

यो वर्षको बजेट सिमित नेता प्रधामन्त्रीको घरमा मात्र गएको भन्दै उहाँले भौतिक तथा अर्थमन्त्रीको भक्तपुरसँग झगडा परेको नै जस्तैदेखिएको उदाहरण सहित प्रस्तुत गर्नुभयो

उहाँले भन्नुभयो, ‘हनुमन्ते, मनोहरा करिडोरको दुई दुई अर्व कता हरायो ? वीर अस्पताल क्यान्सर सेन्टरको दुई दुई अर्व बजेट कता हरायो ? ४० करोड छुट्टीएको गोदावरी रानीकोट सडकमा सात लाखमात्र बजेट छुट्याएकोदेखिन्छ करोड, करोड तथा करोड बजेट छुट्टीएकोमा अहिले लाखमात्र बजेट छुट्टीएको देखिन्छ विगतमा समयले विकासल्याएको हो भन्ने कांग्रेसका जिल्ला नेताहरु अहिले कुन दुलोभित्र लुकेर बस्ने हुन ? यो सरकारले कुनै विकास जनतालाई राहत दिनेलक्षण देखिँदैन