काठमाडौं, २७ जेठ । बलिउड अभिनेता सलमान खानको हत्या गर्ने प्रयास भएको छ । लरेन्स विष्णोइ नामको संगठनले सलमानको घरमै सार्पसुटर पठाएर उनलाई मार्न खोजेको प्रहरीले पुष्टि गरेको छ । तर उक्त प्रयास असफल भएको छ । यो घटना कहिलेको हो भन्ने चाहिँ खुलाइएको छैन । समाचारअनुसार अन्तिम समयमा सलमानलाई गोली हान्ने निर्णयबाट सार्पसुटरले पछि हटेका थिए ।सिद्दु मुसेवालाको हत्या गर्ने विष्णोइ समूहले सलमानको समेत हत्या गर्ने प्रयास गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
त्यस दिन बिहान सलमान सधैँझै आफ्नो निवासको कम्पाउन्डमा साइक्लिङ गरिरहेका थिए । उनको छेउछाउ कुनै बडीगार्ड पनि थिएनन् । हक्कीको ब्यागमा बन्दुक बोकेका सार्पसुटर सलमानमा बाहिर ढुकेर बसेका थिए । सलमान गेटबाट निस्कनासाथ गोली हान्ने उनीहरूको तयारी थियो ।
तर, ठिक त्यही बेला मुम्बई पुलिसको एउटा टिम सलमानको गेटमै आइपुग्यो । त्यस दिन सलमानको एउटा कन्सर्ट भएकाले उनलाई स्कर्टिङका लागि प्रहरीको टोली आएको थियो । अचानक प्रहरीलाई देखेपछि सार्पसुटर हच्किए । उनीहरूले अहिले गोली नहान्ने निर्णय गरेर फर्किएको समाचारमा जनाइएको छ । केही दिन अगाडि मात्रै सलमान खान र उनका पितालाई ज्यान मार्ने धम्कीसहितको पत्र भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्