जनता टाइम्स

१ श्रावण २०७६, बुधबार ११:०८

चार मन्त्री साथमा लिएर बाढी प्रभावित क्षेत्र पुगे माधव नेपाल


काठमाडौं, साउन १

पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल केही मन्त्रीसहित बाढीप्रभावित क्षेत्रको निरक्षणका लागि प्रस्थान गर्नुभएको छ । मन्त्री र सांसदसहितको टोली विहान १० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत तराईका बाढी प्रभावित जिल्ला प्रस्थान गर्नुभएको हो ।

टोलीमा नेता नेपालसहित उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन हुनुहन्छ । उहाले तराईमा पुगेको क्षति, भईरहेको उद्धार लगायतका विषयमा बुझ्ने बताइएको छ । टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत पनि हुनुहुन्छ ।