धनकुटा, जेठ २८ । जिल्ला समन्वय समिति धनकुटाको प्रमुखमा नेकपा एमालेका नेता निरेन तामाङ्ग सिंगो प्यानलसहित बिजयी हुनुभएको छ । आज भएको निर्वाचनमा तामाङले गठबन्धनका उम्मेदवारलाई हराउँदै प्यानलसहित बिजयी हुनुभएको हो ।
निर्वाचन परिणामअनुसार उपप्रमुखमा एमाले नेतृ सावित्रा राई बिजयी हुनुभएको छ । यस्तै महिला सदस्यहरुमा ईन्दिरा सुब्बा (याक्खा), कमलकुमारी लिम्बू, सरिता भण्डारी (बराल),दलित तथा अल्पसंख्यकबाट बालकुमारी रुचाल,अन्य सदस्यहरुमा टिकाराम मगर,नेत्रबहादुर भण्डारी र रबिन्द्र न्यौपाने बिजयी हुनुभएको छ ।
सात स्थानीय तह रहेको धनकुटामा नेकपा एमालेका ३ प्रमुख र ६ उप–प्रमुख सहित ९ जना मतदाता रहेका छन भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ४ प्रमुख र माओवादी केन्द्रको १ उप–प्रमुख सहित ५ जना मतदाता रहेका छन ।
निर्वाचनमा गठबन्धनका तर्फबाट उमेद्वार हर्क चेम्जोङ्गले ५, उप–प्रमुख मन्जु कार्कीले ४ मत महिला सदस्यहरु, डम्बरकुमारी अधिकारी (धमला) र बिमला राई (माबुहाङ्ग) ले ५/५ मत तथा सरिता खत्री (भण्डारी) ले ४ मत पाउनु भयो ।
दलित तथा अल्पसंख्यकबाट दुर्गा दर्जी तथा अन्य सदस्यहरु कुसुम जोशी श्रेष्ठ,सुशिलकुमार मगर र सुष्मा गुरुङ्गले ५÷५ मत पाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्