काठमाडौं, २८ जेठ । काठमाडौंको नागार्जुन नगरपालिकामा एक व्यक्ति घरको पाँच तलामाथिबाट खस्दा मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका–४ सितापाइला घर भएका ३७ वर्षीय जितेन्द्र श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।
उहाँ आज दिउँसो १२ः४५ बजेको समयमा घरको छतबाट पानी भर्ने क्रममा चिप्लिएर खस्नुभएको थियो । चिप्लेर खस्दा घाइते हुनुभएको उहाँलाई तत्काल उपचारको लागि शुभेच्छा अस्पताल सितापाइला लगिएको भए पनि उपचारकै क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्