जनता टाइम्स

२८ जेष्ठ २०७९, शनिबार १९:३५

प्रसारण लाइनको तारमा पुगेर दिनभर ‘तनाव दिएका’ व्यक्तिको उद्धार


काठमाडौँ, २८ जेठ । विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभरि विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–७ को टावरबाट तारमा पुगेका व्यक्तिको नेपाली सेनाले लिखु गाउँपालिकाबाट उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

उनको उद्धारको लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो । नुवाकोटकै बेलकोटगढी घर भएका उनको मानसिक सन्तुलन बिग्रिएको प्रहरीले जनाएको छ ।