काठमाडौं ,२९ जेठ।सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गर्नुभयो ।
प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकार सँग माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्