काठमाडौं, २९ जेठ । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले प्रतिबन्धित गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गर्नुभयो ।
गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उहाँले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गर्नुभयो । गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधीय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्