काठमाडौैं, २९ जेठ । सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताउनुभयो । प्रतिनिधिसभाको आज बसेको बैठकमा उहाँले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताउनुभयो ।
राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उहाँले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको बताउनुभयो ।
‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरू के गरेर कुर्सीमा बस्नुभएको छ । जनताको संरक्षण गर्न सक्नुहुन्न भने तपाइँहरूको कर्सीमा बस्ने हक अधिकार र हैसियत पनि छै्रन,’ उहाँले भन्नुभयो । थारू समुदाय नेपाली नागरिक होइन र भन्दै प्रश्न गर्दै उहाँले थारूमाथि नै राज्यबाट अन्याय भएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्