जनता टाइम्स

२९ जेष्ठ २०७९, आईतवार १७:१२

एमाले केन्द्रीय कार्यालय बैठकले तय गर्यो सचिवालय बैठकको एजेण्डा


काठमाडौं, जेठ २९ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षालगायतका एजेन्डा तय गरेको हो ।

सचिवालय बैठक सोमबार दिउँसो १ बजे च्यासलमा बस्दैछ। केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनको रिपोर्ट प्राप्त भएपछि सोमवार एमाले सचिवालयको बैठक बस्न लागेको हो ।