काठमाडौं, जेठ २९ । पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले काठमाडौं १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो । खरेललाई नेपाल सुशासन पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको थियो।
पार्टीले निर्णय गरेलगत्तै खरेलले काठमाडौ. १ रोज्नुभएको हो । काठमाडौं १ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निर्वाचन क्षेत्र हो । खरेलले भ्रष्टाचारबिरोधी अभियन्ताको छवि बनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्