काठमाडौं, २९ जेठ । छुट्टाछुट्टै चार स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा उनिहरु अवस्थामा फेला परेका हुन् । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आज मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका–६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका–२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आज मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नुवाकोटको ककनी गाउँपालिका–१ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आज मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्