रोल्पा, जेठ २९ । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीकी पत्नी सीता आचार्य रोल्पाको जिल्ला समन्वय समिति (जिसस) को प्रमुख निर्वाचित हुनुभएको छ । सभामुख घर्तीले जनयुद्धमा लागेका थुप्रै योग्यलाई फाल्दै पत्नीलाई जिसस प्रमुख बनाउनु भएको हो ।
पार्टीभित्र नातावाद हाबी भएको आलोचना आइरहेको बेला घर्तीले निकै दौडधुप गरेर श्रीमतीलाई जिसस प्रमुख बनाएपछि कार्यकर्ताले कडा आलोचना गरेका छन । १० पालिका रहेको रोल्पामा माओवादी केन्द्र ७ वटामा एकल जित निकालेको छ ।
निर्वाचित पार्टीका नेता नै मतदाता भएपछि जित्ने सुनिच्तितासँगै पत्नीलाई अवसर दिइएको हो । सीता माओवादीको केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हुनुहुन्छ । निर्वाचनबाट जिसस उपप्रमुखमा कर्मलाल परियार निर्वाचित हुनुभएको छ । समन्वय समिति सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुन निर्वाचित हुनुभएको छ ।
यसैगरी दलित वा अल्पसंख्यक सदस्यमा माओवादीकै निलम सुनार, महिला सदस्यमा सोही पार्टीका जितकुमारी विक, मीना सुनार र शर्मिला पुन मगर निर्वाचित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्