जनता टाइम्स

२९ जेष्ठ २०७९, आईतवार २१:२२

साताभित्रै नागरिकता विधेयक पास हुन्छ, बिहे गरेर आउनसाथ विदेशी महिलाले अंगीकृत नागरिकता पाउँछन : प्रधानमन्त्री


काठमाडौं, जेठ २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने बताउनु भएको छ । जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले १र२ दिनभित्रै र ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने ठोकुवा गर्नुभएको हो ।

‘एक साताभित्र नागरिकतासम्बन्धी विधेयक टुंगो लगाउँछु। भोलि, पर्सिमै ल्याउँछु। ढिलोमा मात्रै एक साता हो,’ देउवाको भनाइ उदृत गर्दै यादवले भन्नुभयो, यो मेरो आश्वासन होइन, ठोकुवा हो। बिहे गरेर आउने विदेशी महिलाले विगतको जस्तै नागरिकता पाउने प्रावधान रहनेछ।’

बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भए पनि अब त्यो प्रावधान नरहने जानकारी प्रधानमन्त्री देउवाले गर्नुभएको यादवको भनाई छ । विगतमा बिहे गरेर आउनसाथ अंगीकृत नागरिकता पाउने प्रावधान थियो।

प्रधानमन्त्री देउवालाई भेट्न यादवसँगै जसपा सांसदहरू नरमाया ढकाल र रानी मण्डल बालुवाटार जानुभएको थियो ।