जनता टाइम्स

१ श्रावण २०७६, बुधबार १२:४४

जोन तुम्बापोको ‘कस्ले गर्दामा’ अतिस र रुपा (भिडियोसहित)


काठमाडौं, साउन १

पाँचथर जिल्लामा जन्मिएका गायक जोन तुम्बापोको ‘कस्ले गर्दा’ सार्वजनिक भएको छ । गायक राजेश पायल राईको फ्यान समेत रहेका तुम्बापोलाई सानैदेखी गीत संगीतमा रुची रहेको र विभिन्न प्रत्योगितामा सहभागी भएर पुरुस्कार समेत जितेको अनुभव छ ।

आफूले गायक बनेर नाम र सम्मान कमाउने सोच राखेका उनले आफ्नो पहिलो प्रयासका रुपमा ‘ कस्ले गर्दा ‘ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा स्वरः जोन तुम्बापो र स्वस्तिका प्रधानको रहेको छ । गीतमा संगीत भर्ने काम गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको गरेका हुन ।

गीतको शब्द राम लावतीले लेखेका हुन् भने गीतको म्युजिक एरेन्जमेन्ट नरेश श्रेष्ठले गरेका हुन् । डान्सिङ भर्सनको म्युजिक भिडियोमा अतिश जैरु र रुपा घिसिङको अभिनय रहेको भने दिवस गिरीको कोरियोग्राफी रहेको छ । विकाश धमलाले भिडियो सम्पादन गरेका हुन । भुपेन्द्र तुम्बाहाम्फेले खीचेको गीतको भिडियोलाई स्वयम उनैले निर्देशन गरेका हुन् ।