जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार १९:४७

निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली


काठमाडौं, जेठ ३० । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नरहेको प्रष्ट पार्नुभएको छ । आज बसेको सचिवालय बैठकपछि पत्रकारसम्मेलनमा उपमहासचिव ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको प्रष्ट पार्नुभयो ।

उहाँले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा एमाले नरहेको बताउनु भयो । ‘त्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैरवामपन्थी एक हुनु पर्छ भन्ने ध्रुवीकरणको पक्षमा एमाले छैन,’ ज्ञवालीले भन्नुभयो ।

एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उहाँको भनाइ छ । आदर्श र निष्टाका राजनीतिक गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने धारणा भने उहाँले राख्नुभयो ।