जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार २३:०४

विभाजनको बाटोमा जनता समाजवादी पार्टी : पार्टी विभाजन संम्वन्धि अध्यादेश ल्याउन आग्रह


काठमाडौं, ३० जेठ । सरकारमा सामेल हुने गरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रधानमन्त्रीसँग छलफल थालेको छ ।लोसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी लगायतका नेताहरु आज बिहान प्रधानमन्त्री निवास वालुवाटार पुग्नुभएको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवासँग लोसपा सरकारमा सामेल हुनेबारे ठोस छलफल भएको सहभागी एक नेताले जानकारी दिएका छन् । लोसपा नेताहरुले दुई देखि तीनवटा मन्त्रालय मागेको बताइएको छ ।

थप छलफल गरेर निर्णयमा पुग्ने सहमति बनेको नेताहरुको भनाइ छ ।लोसपाले नागरिकता विधेयक पास गर्ने लगायतका आफ्ना मागका बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।लोसपाका नेताहरु बाहिरिएसँगै सत्तारुढ जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उहाँ निकट नेताहरु पनि बालुवाटार पुग्नुभएको थियो ।पार्टी विभाजनको तयारीमा रहेका भट्टराईले आफूसँग बहुमत सांसद रहेको प्रधानमन्त्री देउवालाई आस्वस्त पार्नुभएको बताइएको छ ।

भट्टराईसँग पूर्व नयाँ शक्तिका नेताहरु र राजकिशोर यादव, महिन्द्रराय यादव, मोहम्मद इस्तिहाक राई लगायतका नेताहरु रहेका छन् ।भट्टराई समूह केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट रहेका छन् । उपेन्द्र समूहले पार्टीको हरेक काममा एकलौटी गर्न खोजेको आरोप लगाउँदै आएका छन् । भट्टराईले पार्टी फुटाउन २० % हुने गरि अध्यादेश ल्याइदिन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।