चितवन, जेठ ३१ । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका उम्मेदवार नारायण अधिकारी विजयी हुनुभएको छ । पाँच दलीय गठबन्धन र नेकपा एमालेको मत बराबर आएपछि गोला तान्दा एमालेका अधिकारी बिजयी हुनुभएको हो ।
जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत परेको थियो । चितवनको सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए । बरावर मत परेपछि गोलाप्रथा गर्दा प्रमुखमा एमालेका अधिकारी विजयी हुनुभयो । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बन्नुभएका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित हुनुभएको छ ।
उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसक्नु भएको छ । एमालेले नेकपा एकीकृत समाजवादीसँग सहमतिको प्रयाश गर्दै उपप्रमुखमा उम्मेदवारी नदिएको हो । तर नेकपा एकीकृत समाजवादीले कांग्रेसलाई धोका नदिन भन्दै गठबन्धनतिरै मत हालेको छ ।
चितवनका सात पालिकामध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।













प्रतिक्रिया दिनुहोस्