जनता टाइम्स

१ श्रावण २०७६, बुधबार १३:४१

हलेसी-तुवाचुङका जनप्रतिनिधिले नै गरे नगरसभा वहिष्कार


खोटाङ, साउन १

जनप्रतिनिधिहरुले हलेसी-तुवाचुङ नगरपालिका खोटाङको चौथो नगरसभा वहिष्कार गरेका छन् । असार १० देखि सुरु भएको नगरसभा हिजो वहिष्कार गरेका हुन् । जनप्रतिनिधिहरुलाई वेवास्ता गरेको र जनताको आवाज नसमेटिने गरी कार्यक्रम अघि बढाइएको भन्दै कार्यक्रम वहिष्कार गरेको बताएका छन् ।

वडा सदस्य दिल्ली चाम्लिङका अनुसार २६ जना जनप्रतिनिधिले जनताको माग सम्बोधन नगरिञ्जेल आफूहरुले सभा वहिष्कार गर्नेछन् । यसअघि पनि छलफलकै क्रममा आवश्यक सुझावहरु भन्दै प्रतिपक्षका नेता सहित निर्वाचित वडा अध्यक्षहरुले सुझाव पेश गरेका थिए । उक्त नगरपालिकाको मेयर र उपमेयर दुबै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।