काठमाडौं, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । स्रोतका अनुसार राज्यमन्त्री वलीसँग प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गनुभएको छ ।
वलीले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसकेको स्रोतले बतायो । यद्यपि, उहाँले वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गर्नुभएको छ । एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको उहाँको भनाइ छ ।
विमलाले आज बिहान एकराजको घरमा गएर उनको श्रीमती र छोरीलाई हातपात गर्नूभएको थियो । एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्