जनता टाइम्स

१ श्रावण २०७६, बुधबार १४:०२

नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य


काठमाडौं, साउन १

नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समुदाय–प्रहरी साझेदारी अन्तर्गत बिभिन्न बुँदामा सहकार्य गर्ने समझदारी भएको छ । प्रहरी र त्रिविविबीच संस्थागत साझेदारी स्थापना गरी अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन, अनुसन्धान, श्रोत व्यक्ति र स्वयंसेवकहरुको परिचालन गर्ने समझदारी भएको छ ।

त्यस्तै, सुरक्षा सचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यवहारिक अभ्यास, इ लाईब्रेरी, सूरक्षित विश्वविद्यालयको अवधारणा लगायतका बिषयहरूमा संस्थागत साझेदारी र सहकार्य गर्ने समझदारी भएको छ । समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालयका उप–कुलपति प्रा.डा. तिर्थराज खनियाँ र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज हस्ताक्षर गर्नुभएको छ ।