काठमाडौं, असार १ ।लुम्बिनीमा नेकपा एमालेले राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिलामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीको जवाफ माग गरेको छ । एमालेले त्यस विषयमा मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदन सुचारु गर्न दिने जनाएको छ । त्यसपछि सदन स्थगित गरिएको थियो ।
सदन सुरू भएसँगै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो गरेको निर्णय सुनाएपछि सभामुख पूर्णबहादुर घर्तीले सरकारको ध्यानाकर्षण गराउँदै २५ मिनेटका लागि सदन स्थगित गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी रहे पनि एमालेले जवाफ मागेपछि कार्यक्रम धकेलिएको हो ।मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेकी थिइन् ।एमालेले मंगलबार नै उनको बर्खास्तीको माग गरेको थियो । त्यस्तै, उनलाई मुख्यमन्त्री केसीको चर्को दवावमा उनलाई बुटवल लगिएको थियो ।













प्रतिक्रिया दिनुहोस्