जनता टाइम्स

१ असार २०७९, बुधबार २१:३४

नेपाली सेनाले भन्यो– एसपीपी सम्झौता भएको छैन (पत्रसहित)


काठमाडौं, १ असार । अहिले चर्चामा रहेको स्ट्राटेजिक पार्टनरसिप प्रोग्राम (एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नभएको नेपाली सेनाले दाबी गरेको छ ।एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपी सम्बन्धी बाहिर आएका समाचारहरूमा सत्यता नभएको स्पष्ट पारेको छ ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुनेमा सेना सदैव स्पष्ट रहेको छ ।